मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नेपालखोज २०७७ भदौ ११ गते १२:२८

कलैया । मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ ।

बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैं पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्युु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ । रासस

प्रतिक्रिया