प्लाज्मा थेरापीबाट उपचार गर्ने क्रम बढ्यो
नेपालखोज
२०७७ भदौ १२ गते १९:५५
काठमाडौं । नेपालमा कोभिड—१९ को उपचारमा कन्भालसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्ने क्रम बढेको छ ।
कोरोना संक्रमण भई निको भएका व्यक्तिले दान गरेको प्लाज्माबाट कोभिड—१९ का गम्भीर बिरामीलाई उपचार गरिएको छ ।
हालसम्म २० जना बढीको प्लाज्मा थेरापी विधिबाट उपचार भई निको भएको भएको स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य विज्ञहरुले प्लाज्मा विधि उपचार सफल भइरहेकोले प्लाज्मा बैंक बनाउन स्वास्थ्यमन्त्रीलाई सुझाव दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया