कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभवकारी बनाउन छलफल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभवकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।
मन्त्री ढकालले आज मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्ययालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग संवाद गरेका छन् ।
सो अवसरमा उँहाले काम गर्नेक्रममा बिगतमा कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताए । कार्यबिधि वा निर्देशिकाहरुमा पनि त्रुटी रहेको भए त्यसलाई पनि सच्याएर अघि बढ्न मन्त्रालय तयार रहेको उनको भनाई थियो ।
स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषयमा केही गुनासो सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने जानकारी दिए । छलफलमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताए ।

प्रतिक्रिया