शुक्रबार, असार २०, २०८२

मोरङ ग्याङ फाइट : एक जनाको मृत्यु

नेपालखोज २०७७ भदौ १२ गते २१:२२

मोरङ । मोरङको बेलबारी नगरपालिका—५ कसेनीस्थित लोहन्द्र पुलमा आज दिउँसो भएको ‘ग्याङ फाइट’ मा एक जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् ।

‘ग्याङ फाइट’मा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनकाअनुसार घटनामा घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको हो ।

स्थानीय ३२ वर्षीय जितेन चौधरीको समूह र ४० वर्षीय चन्द्रकुमार राईको समूहबीच झडप भएको डीएसपी राईले बताए । झडप गर्ने दुवै पक्ष एक आपसका छिमेकी हुन् ।

सुरुमा चौधरीको समूहले खुकुरी र बन्चरोलगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुई पक्षबीच हिजो बेलुकैदेखि सामान्य विवाद रहेको र त्यही विवाद आज दिउँसो १ बजे झडपमा परिणत भएको हो ।

प्रतिक्रिया