शनिबार देशभर ८८४ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्रै १८६ जना

नेपालखोज २०७७ भदौ १३ गते १७:००

काठमाडौं । शनिबार नेपालमा ८८४ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ५ सय १६ वटा नमुना परीक्षणमा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा थपिएका १८६ जना संंक्रमितमध्ये काठमाडौंका १५५, ललितपुरका १९ र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/१९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना, धादिङ र मकवानपुरका ९/९ जना, रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया