मंगलबार, जेठ १५, २०८१

कोरोना : २४ घण्टामा थप १२ जनाको मृत्यु

नेपालखोज २०७७ भदौ १३ गते १८:३५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । आजको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर ३ महिला र ९ जना पुरुष कोरोना संक्रमितको मृत्यु भएको बताए ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको छ । पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया