मंगलबार, वैशाख १६, २०८२

निर्मलालाई न्याय माग्दै नेपाल प्रेस युनियनको वेबसाइट ह्याक

नेपालखोज २०७७ भदौ १४ गते १५:४७

काठमाडौं । बलात्कारपछी हत्या भएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै नेपाल प्रेस युनियनको वेबसाइट ह्याक भएको छ । ‘ह्यारी—१३३७’ द्वारा नेपाल प्रेस युनियनको वेबसाइट ह्याक गरिएको हो ।

भारतीय ह्याकरको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको लागि न्याय माग गर्दै नेपाल प्रेस युनियनको वेबसाइट ह्याक गरेको जनाएको छ ।

‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं— जस्टिस फर निर्मला भन्दै अहिले सो वेबसाइटमा लेखिएको छ ।

प्रतिक्रिया