कोरोनाबाट आज थप १४ जनाको मृत्यु
नेपालखोज
२०७७ भदौ १४ गते १८:४२
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको हो ।
मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् ।
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय २१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । ।
सम्बन्धित
प्रतिक्रिया