आइतबार, चैत ९, २०८१

नेविसंघ : चिकित्सा शिक्षा सम्बन्धी कोर्षहरु बन्द गराएकोप्रति विरोध

नेपालखोज २०७७ भदौ १५ गते १५:०८

काठमाडौं । प्राविधिक शिक्षा तथा ब्यववसायिक तालिम परिषद (सिटीइभिटी) बाट संचालित चिकित्सा शिक्षा सम्बन्धी केही कोर्षहरु खारेज गरिएकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

Advertisement

सिटिइभीटीले सिएमए, एनएम, ल्याब असिस्टेन र आयुर्वेदलगायत टिएसएलसी तथा एसइइ स्तरका १८ महिने कोर्षहरु कुनै विकल्पविनै खारेज गर्ने निर्णय गरेकोप्रति नेविसंघले विज्ञप्तिमार्फत विरोध जनाएको हो । नेविसंघका अध्यक्ष राजिब ढुंगानाद्वारा जारी विज्ञप्तिमा २५ बर्षदेखि अविछिन्न रुपमा संचालित कोर्षहरु कुनै विकल्पविना नै खारेज गर्ने निर्णय गर्नु निन्दनीय भएको जनाइएको छ ।

कोभिड–१९ विरुद्धको लडाइमा विद्यार्थीलाई प्रोत्साहित गर्नुको साटो कुनै खाका र योजना विनानै खारेज गरेर विद्यार्थीलाई निराश बनाएको संघको भनाइ छ ।

पूर्वाधार सम्पन्न संस्थाहरुलाई अपग्रेट गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सीपमूलक तालिमहरु बन्द गराउने तर लेभल वान, लेभल टु जस्ता तालिममार्फत शुल्क असुल्ने कार्य खराब नियत भएको संघको दाबी छ । त्यस्तै विगत १४ महिना अघि दिएको परीक्षाको नतिजा सार्वजनिक नगरेको, बैकल्पिक माध्यमबाट कक्षा संचालन नगरेकोमा नेविसंघले आपत्ति प्रकट गरेको छ ।

प्रतिक्रिया