कोरोना : २४ घण्टामा ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु

नेपालखोज २०७७ भदौ १५ गते १६:४२

काठमाडौं । कोरोना भाइरस (कोभिड( १९) संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍व गौतमका अनुसार देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

मृत्यु हुनेमा तीन महिला र चार पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार महोत्तरीमा ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको छ ।

त्यसैगरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया