काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दरलाई कोरोना संक्रमण
नेपालखोज
२०७७ भदौ १५ गते २१:२२
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
सञ्चार विज्ञ बाँस्तोलाले शाक्यमा कुनै लक्षण नदेखिएको र अहिले घरमै आइसोलेसनमा रहेको बताए । शाक्यले आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गरे ।
मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए । त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको बाँस्तोलाले बताए ।
मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको बाँस्तोलाले जानकारी दिए । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले शनिबारदेखि मेयर शाक्य घरमै रहेको बताए ।
सम्बन्धित

प्रतिक्रिया