उपत्यकामा २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण
नेपालखोज
२०७७ भदौ १६ गते १७:२९
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थप ४८१ जनाममा संक्रमण पुष्टि भएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २०५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म काठमाडौंमा ५ हजार १५, ललितपुरका ७४३ र भक्तपुरमा ५४७ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया