सीपीएल टी–ट्वान्टी क्रिकेट : सन्दीपको व्यक्तिगत कीर्तिमान
एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा व्यक्तिगत कीर्तिमान बनाएका छन् ।
लगातार तेस्रो पटक प्रतियोगिता खेलीरहेका सन्दीपले प्रतियोगितामा अघिल्ला सिजन भन्दा धेरै विकेट लिन सफल भएका हुन् । ट्रीनिडाड एन्ड टोबेगोमा जारी प्रतियोगितामा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले पछिल्लो दुई संस्करणमा भन्दा यस सिजन सर्वाधिक विकेट लिन सफल छन् । जारी प्रतियोगितामा सन्दीपले ६ खेल खेल्दै ९ विकेट हात पारेका छन् ।
जुन अघिल्लो संस्करणको भन्दा धेरै हो । सन्दीपले सन् २०१८ मा पहिलो पटक सीपीएल खेलेका थिए । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट पहिलो सिजन खेलेका सिजनले ५ खेलमा ७ विकेट हात पारेका थिए । उक्त सिजन १७ ओभर बलिङ गरेका सन्दीपले १ मेडेन सहित ६ दशमलब २३ को इकोनमी रहेको थियो ।
त्यस्तै सन् २०१९ को संस्करणमा बार्बड्स ट्राइडेण्ट्सबाट खेलेका सन्दीपले आफ्नो आक्रमणमा सुधार गर्दै ८ विकेट लिन सफल भएका थिए । ६ खेल खेलका सन्दीपले १९ ओभर ५ बल बलिङ गर्दै ६ दशमलब ५० को इकोनमीमा बलिङ गरेका थिए । यस सिजन सन्दीप थप लयमा देखिएका छन् । उनले ६ खेलमा निकै राम्रो इकोनोमीमा ९ विकेट लिन सफल छन् ।
२४ ओभर बलिङ गरेका सन्दीपको जम्म्मा ४ दशमलब ८३ को इकोनमी रहेको छ । प्रतियोगितामा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सातौँ स्थानमा रहेका छन् । यस्तै उनी आफ्नो टिमको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
प्रतिक्रिया