वार्षिक साढे ४ करोड अण्डा उत्पादन क्षमताको पोल्ट्री खुल्दै

नेपालखोज २०७७ भदौ १७ गते १५:१९

काठमाडौं । नवलपरासीको विनयत्रिवेणीमा वार्षिक ४ करोड ४६ लाख ३६ हजारभन्दा बढी अण्डा उत्पादन गर्ने क्षमताको पोल्ट्री उद्योग सञ्चालनमा आउने भएको छ ।

रुपन्देहीको बुटवलमा रहेको किसान एग्रो प्रालिले २० करोड लगानीमा उद्योग सञ्चालनको तयारी अगाडि बढाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । उक्त उद्योगबाट दैनिक एक लाख २७ हजार २२४ अण्डा उत्पादन गर्ने लक्ष्यसहितको प्रस्ताव पेश गरेको मन्त्रालयको जानकारी दिए ।

उद्योगमा तीन प्रकारका १ लाख २७ हजार भन्दा धेरै कुखुरा रहनेछन् । धेरै उत्पादन क्षमताको पोल्ट्री उद्योग सञ्चालनमा आउँदा बजार प्रतिस्पर्धी हुने र उपभोक्ता लाभान्वित हुने उद्योगको दावी छ ।

६० जनालाई रोजगारी दिने उद्योगको वातावरणीय प्रभाव मूल्याकंन प्रस्ताव कृषिमार्फत् वन मन्त्रालयमा पेश गरिएको छ । उद्योग दर्ताको सबै प्रक्रिया पुरा भएको उद्योगले यसै आर्थिक वर्षदेखि उत्पादन थाल्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया