पछिल्लो २४ घण्टामा थपिए ११ सय २० जना कोरोना संक्रमित
नेपालखोज
२०७७ भदौ १७ गते १७:५५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार १ हजार १ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ। हाल ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा छन्।
सम्बन्धित
प्रतिक्रिया