बागलुङमा भिषण पहिरो : दुईको मृत्यु, १५ बढी घर बगाएको अनुमान
नेपालखोज
२०७७ भदौ १८ गते ७:५८
बागलुङ । बाग्लुङमा फेरि भिषण पहिरो गएको छ । लगातारको वर्षापछि आएको बाढी–पहिरोमा परी बागलुङको ढोरपाटन नगरपालिकामा दुई जनाको मृत्यु भएको छ भने आठ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
स्थानीय धोबीखोलाको बाढी र वडा नम्बर ९ को देउरालीबाट खसेको पहिरोले सुप्राङ, लाकुरीबोट र दुनेपंधेराका गरी १५ भन्दा बढी घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
कति जना वेपत्ता भएका छन एकिन पत्ता लाग्न सकेको छैन् । १५ देखि २० घर बगाएको अनुमान छ। एउटा स्कुलको आधा भाग र एउटा गाडीसमेत बगाएको बताइएको छ । त्यहाँका ६, ७, ८ र ९ वडा प्रभावित भएकामा ८ र ९ वडामा बढी क्षति भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित

प्रतिक्रिया