नेकपा सचिवालय बैठक बस्दै : बैठक राष्ट्रिय सभामा कसलाई लिने भन्ने विषयमा केन्द्रीत
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने भएको हो । नेकपा उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा जाने इच्छा प्रकट गरेसँगै आज बस्ने सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।
गौतमले आफू सरकारमा सहभागी हुने इच्छा पनि व्यक्त गरेको बुझिएको छ । आजको बैठकमा राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई लैजाने विषयमाथि छलफल हुनेछ । बुधबार राति प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा सचिवालय बैठकबाटै निष्कर्षमा पुग्ने सहमति भएको थियो ।
सचिवालयका अधिकांश सदस्यहरु गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने अडानमा छन् । तर, ओली भने रिक्त पदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडलाई दोह¥याउने पक्षमा छन् । अर्थमन्त्री खतिवडाको बैधानिकरुपमा राष्ट्रियसभाको बैठकमा बस्ने अधिकार २० गते देखि समाप्त हुनेछ ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मननोयन गर्ने एक सिट रिक्त छ । उक्त पदमा गौतमलाई सिफारिस गरे खतिवडाले सरकारबाट बाहिरिनु पर्नेछ । बुधबार राति पनि ओलीले गौतमसँग एक घण्टा छलफल गरेका थिए ।
प्रतिक्रिया