कोरोना : चितवनमा थप एक जनाको मृत्यु
नेपालखोज
२०७७ भदौ १८ गते ९:२९
चितवन । कोरोना भाइरस (कोभिड( १९) संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गराइरहेकी एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला छिन् । भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले बताए ।
भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको गएराति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारीका १र१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया