शनिबार, असार २१, २०८२

सांसद बस्नेतद्वारा मोटरसाइकल प्रदान

नेपालखोज २०७७ भदौ १८ गते ११:५३

भक्तपुर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् ।

उनले सो प्रभागका प्रमुखलाई आज मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गरेका छन् । सांसद बस्नेतले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याएका छन् ।

प्रतिक्रिया