शुक्रबार, वैशाख १२, २०८२

इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई खरिद, १०० कित्ताको सेयर ३० मा सम्झौता

नेपालखोज २०७७ भदौ १८ गते १३:३०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ । उक्त निर्णय भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरी अन्तिम सम्झौता गरेको हो ।

प्राप्तिको क्रममा बैंकले फाइनान्स कम्पनीलाई स्वाप रेसियो १०० बराबर ३० मा तय भएको छ । सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने गरी दुई कम्पनीबीच सम्झौता भएको इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको ८२ वटा शाखा कार्यालयर १७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ४० करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिटी एक्स्प्रेस फाइनान्सको केन्द्रिय कार्यालय सहित तीन वटा शाखा कार्यालय रहेको छ ।

प्रतिक्रिया