बिहीबार, वैशाख १३, २०८१

नेपाल बैंकको ८४ औं वार्षिकोत्सव सम्पन्न

नेपालखोज २०७७ मंसिर ४ गते १२:३०

काठमाडौं । नेपाल बैंकले ८४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले यही कार्तिक ३० गते लक्ष्मी पूजाको दिन भर्चुअल माध्यमबाट अर्थमन्त्री विष्णु पौडेलको प्रमुख बार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ ।

बार्षिक उत्सवमा अर्थमन्त्री पौडेलबाट बैंकले विगत १ बर्षमा स्थापना/पुनःस्थापना गरेका २६ वटा शाखा र ७ वटा एक्सटेन्सन काउन्टरको उद्घाटन र बैंकको वार्षिकोत्सव विशेषाङ्क २०७७ विमोचन गराएको छ । समारोहलाई सम्बोधन गर्दे अर्थमन्त्री पौडेलले बैकिङ्ग प्रणालीमा नेपाल बैंकले आफुलाई अग्र स्थानमा उभ्याउन सफल हुनेछ भन्ने आशा र विश्वास व्यत्तगर्दै शुभकामना दिए । साथै, उनले समारोहमा सहभागीहरुको जिवन्त छलफलबाट बैंकको आगामी यात्राको निमित्त महत्वपूर्ण निष्कर्ष निष्कने विश्वास समेत व्यक्त गरे ।

उक्त समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योग व्यवसायको विकास र रोजगारी सृजनामा ठूलो योगदान पु¥याएको बैंकको नेपाल सरकारबाट लागूभएका विभिन्न कार्यक्रमहरुको कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका रहने आशा र विश्वास व्यक्त गरे । हाल बैंक व्यावसायिक हिसाबले सञ्चालन भइरहेकोमा खुसी व्यक्त गर्दै कोरोना महामारीको यस विषम परिस्थितीमा भर्चुअल माध्यमबाट काम गर्न र बैंकले ग्राहकवर्गलाई विद्युतिय माध्यमबाट सेवादिने कार्यलाई थप प्रोत्साहित गर्दै लैजानेमा विश्वास गर्दै बार्षिकोत्सव समारोहको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा राजश्व सचिव रामशरण पुडासैनीले बैंकको संस्थागत सुशासन, व्यवस्थापनको कार्यदक्षता र कार्य क्षमतामा सुधार हुँदै गएको र अझ सुधार हुनेमा विश्वास व्यक्त गर्दै, बजार मैत्री सेवा तथा प्रविधिको माध्यमबाट बैंकको प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्घि गर्न, ग्राहक मुखी कर्यक्रमहरुमा थप जोड दिन, लागत घटाउने उपायहरु अवलम्वन गर्न सुझाव दिए । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण, नियामक निकायका निर्देशनको परिपालनागर्दै डिजिटाइजेसनको माध्यमबाट सेवाको गुणस्तर वृद्धि गर्ने तर्फ बैंक केन्द्रित भएको जानकारी समेत गराए ।

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्य केदार प्रसाद पनेरु, गंगा प्रसाद ज्ञवाली, डा. सवित्री रञ्जित श्रेष्ठ, ओमकृष्ण श्रेष्ठको समेत उपस्थिति रहेको उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको बर्तमान वित्तीय अवस्था र बैंकका अन्य गतिविधिहरुको संक्षिप्त विवरणहरु राख्दै समारोहमा महत्पूर्ण उपस्थितिका लागि प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि तथा सम्पूर्ण सहभागीहरुप्रति आभार तथा धन्यवाद व्यक्त गरे ।

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक तथा बैंकका ब्राण्ड एम्बेस्डर महाविर पुन, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, कम्पनी रजिष्ट्रार कार्यालका रजिष्ट्रार प्रदिपराज अधिकारी, बैंक सञ्चालक समितिका पूर्व अध्यक्ष मधुसुदन पोखरेल तथा जनार्दन शर्मा आचार्य, पूर्व प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ तथा देवेन्द्रप्रताप शाह, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय समेत आमन्त्रित रहेको उक्त समारोहमा बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया