शुक्रबार, जेठ ११, २०८१

प्राधिकरणकाे निर्देशन अवज्ञा गर्दै सेवा प्रदायक, वर्ल्डलिंकलाई स्पष्टिकरण

नेपालखोज २०७७ भदौ १८ गते १६:०९

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्यूनिकेशनस्लाई स्पष्टिकरण सोधेको छ । प्राधिकरणले विभिन्न समयमा वर्ल्डलिंकलाई केही वेभसाइटहरु नखुल्ने बनाउन निर्देशन दिएकोमा अहिलेसम्म पनि उक्त वेभसाइटहरु खुलिरहेको पाइएको बताएकाे छ ।

बिहीबार दूरसंचार प्राधिकरणले वर्ल्डलिंक कम्यूनिकेसनलाई स्पष्टिकरण पेश गर्ने सम्वन्धमा पत्र काटेको छ । पत्रमा भनिएको छ, ‘प्राधिकरणबाट विभिन्न समयमा वेभसाइट/वेभपोर्टलहरुमा इन्टरनेटको माध्यममा नेपालबाट पहुँच पुग्न नसक्ने व्यवस्थाको लागि निर्देशन दिइएकोमा हाल उक्त वेभसाइट/पोर्टलहरु खुलिरहेको बुझिएकोले प्राधिकरणबाट दिइएको निर्देशन पालना नगरेको हुँदा दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम त्यस प्रा.लि.लाई किन कारबाही नगर्ने स्पष्टिकरण पेश गर्नुहुन निर्देशनानुसार अनुरोध छ ।’

साथै प्राधिकरणले विभिन्न समयमा नेपालभित्र प्रकाशन/प्रसारण नहुने व्यवस्थाका लगि पत्राचार गरेका १०९ वटा वेभसाइटमध्ये ८२ वटा वेभसाइट केही इन्टरनेट सेवा प्रदायकबाट चलिरहेको पाइएकाले उक्त साइटहरु नेपालबाट पहुँच पुग्न नसक्ने व्यवस्था तत्काल लागु गर्न पनि निर्देशन दिएको छ ।

अहिले पनि खुलिरहेका वेभसाइटहरु हेर्न यहाँ क्लीक गर्नुहोस्

प्रतिक्रिया