वीर अस्पताललाई कोभिड अस्पताल बनाउने तयारी
काठमाडौं । सरकारले देशकै ठूलो वीर अस्पताललाई पूर्ण रुपमा कोभिड(१९ संक्रमितका बिरामीहरुको मात्रै उपचार गर्ने अस्पतालको रुपमा परिणत गर्ने तयारी गरेको छ ।
हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सह(कुलपति समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र न्याम्स, वीर अस्पतालका उपकुलपति, निर्देशकसहितको पदाधिकारीको बैठकले वीरलाई कोरोनाका बिरामीको मात्रै उपचार गर्ने अस्पताल बनाउने टुंगो लगाएको हो ।
कोभिड(१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएको हुँदा त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा फ्ल्याटमा व्यवस्थापन गर्ने र वीरमा कोभिडका बिरामी मात्रै राखेर उपचार गर्ने तयारीमा लागेको अस्पतालले जनाएको छ ।
हाल वीर अस्पतालका चिकित्सक, नर्स स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरका अधिकांश कर्मचारी आइसोलेसनमा बसेका छन् ।
प्रतिक्रिया