ललितपुर कर्फ्यु : हटाउने वा निरन्तरता दिने भन्ने विषयमा छलफल हुँदै
नेपालखोज
२०७७ भदौ १९ गते १८:४३
ललितपुर । ललितपुरका सहरी क्षेत्रमा लगाइएको कर्फ्यु हटाउने वा निरन्तरता दिने भन्ने विषयमा ललितपुरको सुरक्षा समितिको बैठक बसिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा हिजो भएको झडप र कर्फ्यु पछिको अवस्थाबारे समीक्षा भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टले बताए ।
रातो मत्येन्द्रनाथको रथ तान्ने समूह र प्रहरीबीच हिजो पुल्चोकमा झडप भएपछि प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्युले स्थितिलाई नियन्त्रणमा लिएको बुझाई प्रशासनको छ । हिजो कर्फ्युकै बीच रातो मत्स्येन्द्रनाथको क्षमा पूजा पनि गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया