धुलिखेल अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ भदौ २० गते १५:०७

काठमाडौं । धुलिखेल अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरी बर्दिबासका ७५ वर्षिय पुरुषको अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. सुमन ताम्रकारले जानकारी दिए ।

डा. ताम्रकारका अनुसार उनी १८ दिन अगाडी सास फेर्न गाह्रो भएर अस्पतालमा भर्ना भएका थिए । उनी दम र प्रेसरका बिरामी थिए ।

प्रतिक्रिया