कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७७ भदौ २० गते १६:४१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३२६ सहित देशभर १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङका क्रममा शनिबार जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मान्त्रालयका अनुसार २४ घण्टामा १ हजार ५६६ निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ६० प्रतिशत रहेको छ ।

प्रतिक्रिया