शुक्रबार, चैत १६, २०८०

शिक्षा क्षेत्रको बजेट पुनरावलोकन गर्ने तयारी

नेपालखोज २०७७ भदौ २१ गते ९:२४

काठमाडौं । सरकारले वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिएपछि शिक्षा मन्त्रालयको बजेटसमेत पुनरावलोकन हुने भएको छ । विद्यालयमा विद्यार्थी उपस्थित हुन नसक्दा दिवा खाजा, सेनेटरी प्याड, स्वयंसेवक शिक्षकलगायत शीर्षकमा रकम खर्च हुने अवस्था छैन ।

त्यसका लागि विनियोजित बजेट वैकल्पिक विधिबाट सिकाइ उपलब्धि बढाउने कार्यक्रममा खर्च गर्ने योजनामा शिक्षा मन्त्रालय छ । मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७’ संशोधन गरी वैकल्पिक विधिको पठनपाठनलाई मान्यता दिएको छ ।

सोहीअनुसार बजेट पनि पुनरावलोकन गर्न लागिएको हो । मन्त्रालय स्रोतकाअनुसार करिब १९ अर्बको बजेटमा पुनरावलोकन गर्न सकिने अवस्था छ ।

प्रतिक्रिया