शुक्रबार, वैशाख १२, २०८२

१३ औं साग अनियमितता : छानबिन उपसमितिको म्याद १५ दिन थप

नेपालखोज २०७७ भदौ २३ गते ६:४०

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को दौरान ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा भएको अनियमितता र राखेप परिसरको रुख कटानका सम्बन्धमा छानबिन गर्न गठिन उपसमितिको म्याद १५ दिन थप गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बोर्ड सदस्य गोबिन्द भट्टराई नेतृत्वमा गठन गरेको ५ सदस्यीय उपसमितिले उपत्यकामा जारी निषेधाज्ञाका कारण समयमा अनुसन्धान सक्न नसकेको जानकारी गराएपछि १५ दिनको म्याद थप गरिएको हो ।

राखेपले भदौ ३ गते भट्टराईको नेतृत्वमा उपसमिति गठन गरेर २१ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन कार्यादेश दिएको थियो । राखेप प्रशासनीय विभाग प्रमुख कुलबहादुर थापाले उपसमितिको म्याद १५ दिन थपिएको जानकारी दिए ।

१३ औं सागमा ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता भएको बिषय उठेसंगै युवा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया