बुधबार, वैशाख १२, २०८१

कोरोना कहर : विश्वमा संक्रमित संख्या २ करोड ७० लाख नाघ्यो

नेपालखोज २०७७ भदौ २३ गते ६:५६

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख ८१ हजार ४६४ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हालसम्म हालसम्म संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ४ हजार ८२० संक्रमितको ज्यान गएको छ ।

कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिरहँदा दैनिक ४ हजार देखि ६ हजार संक्रमितको मृत्यु भइरहेको छ । विश्वका २१६ देशमा फैलिसकेको कोरोना संक्रमण दैनिक सवा दुईलाख भन्दा माथि बढीमा देखिने गरेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७० लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ । जसमा १ करोड ९५ लाख बढी उपचार पछि निको भइसकेका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावति मुलुक संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९३ हजार नाघेको छ भने त्यहाँ ६४ लाख ८५ हजार बढीमा संक्रमण भइरसकेको छ ।

यस्तै, कोरोना संक्रमणबाट दोस्रो प्रभावित मुलुक भारतमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ हजार ८ सय नाघेको छ भने त्यहाँ संक्रमितको संख्या ४२ लाख ७७ हजार नाघिसकेको छ ।

प्रतिक्रिया