शुक्रबार, वैशाख १२, २०८२

हकप्रद बिक्री गर्न नागरिक लगानीकोषद्वारा बोर्डमा निवेदन दर्ता

नेपालखोज २०७७ भदौ २३ गते १४:२८

काठमाडौं । नागरिक लगानीकोषले हकप्रद शेयर विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको छ ।

कम्पनीले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा हकप्रद शेयर विक्री गर्न बोर्डमा निवेदन दर्ता गराएको हो । बोर्डको स्वीकृति पाएमा कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रूपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ । कम्पनीको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया