आइतबार, वैशाख १६, २०८१

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

नेपालखोज २०७९ माघ २५ गते ११:००

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ । चाँदीको भाउ भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया