बिहीबार, वैशाख १३, २०८१

सन्दीपको बलिङ बरियता एक स्थान तल खस्कियो

नेपालखोज २०७७ भदौ २५ गते ७:३६

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी–२० बलिङ बरियतामा सन्दीप एक स्थान तल खस्किएका हुन ।

नयाँ बरियतामा सन्दीप ८० औँ स्थानमा रहेका छन् । उनले कूल ३ सय ८९ रेटिङ अङ्क पाएका छन् । यसअघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९ औँ स्थानमा रहेका थिए ।

यस्तै विश्व बलिङ बरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । दुवै जना हाल सीपीएल खेलिरहेका छन् ।

यस्तै आईसीसीको बलिङ बरियतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै एडम जाम्पा पाँचौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया