शनिबार, वैशाख १३, २०८२

प्रधानमन्त्री र राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना

नेपालखोज २०७७ भदौ २५ गते ९:४२

काठमाडौं । थारु महिलाहरुले मनाउने प्रमुख पर्व जितियाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएका छन् ।

यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन् । पर्वको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेको बताएका छन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उनले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वानसमेत गरेका छन् ।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेकी छन् ।

जितिया पर्वका अवसरमा आज शुभकामना सन्दैश दिँदै राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम, विश्वास, सदभाव र सहयोगको भावनालाई प्रगाढ बनाउने बताइन् ।

साथै विविध जातजाति, भाषाभाषी, संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीचमासमेत परस्पर सदभाव, सहिष्णुता, समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया