साताको अन्तिम कारोबार दिन एक घण्टाको कारोबारमा ७.६६ अंकले बढ्यो शेयर बजार, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार एक घण्टाको कारोबार अवधिमा ७ दशमलव ६६ अंकले बढेको छ । यस अवधिमा नेप्से परिसूचक शून्य दशमलव ५१ अंकले बढेको हो । १ हजार ५१५ दशमलव ८६ विन्दुमा नेप्से परिसूचक टेक्दा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४२ अंक बढेर ३०० दशमलव शूनय ८ विन्दुमा पुगेको छ ।
एक घण्टामा १०१ कम्पनीको १ हजार ८९१ पटकको व्यापारमा १ लाख २४ हजार १७० कित्ता शेयर खरिद विक्री भएको हो । सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । एक घण्टामा नेपाल पुनर्बीमा कम्पनीको २ करोड ४४ लाख ५० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । तेस्रो कारोबार दिन रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य ८ दशमलव ५६ प्रतिशत बढेको छ । यस अवधिसम्म रिलायन्सको शेयरमूल्य प्रतिकित्ता ३२ रूपैयाँले बढेको हो । बिहीवार एक घण्टामा ९ समूह मात्र कारोबारमा आएका छन् । यी मध्य वित्त समूहको परिसूचक शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने बाँकी समूहको बढेको छ । यो अवधिसम्म सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक १ दशमलव १८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया