बुद्ध एयरलाई ‘ट्राभलर्स च्वाइस अवार्ड’
नेपालखोज
२०७७ भदौ २६ गते १५:००
काठमाडौं । अमेरिकन वेबसाइट कम्पनी ट्रिपएडभाइजरले बुद्ध एयरलाई ‘ट्राभलर्स च्वाइस अवार्ड’ दिएको छ ।
उक्त वेबसाइटले प्रत्यक वर्ष वायुसेवा कम्पनीलाई वितरण गर्दै आएको अवार्ड अन्तरगत सन् २०२० को अवार्ड बुद्धले पाएको छ ।
विदेशीहरुले यात्रा गर्नुअघि र गरेपछि दिएको प्रतिक्रिया तथा कमेन्टका आधारमा एयरलाइन्सहरुलाई अवार्ड दिने गर्छ ।
पर्वतीय क्षेत्रमा गएका विदेशी पर्यटकले गरेको कमेन्टका आधारमा ट्रिपएडभाइजरले ४ दशमलव ५ स्टार पाएको बुद्ध एयरले जनाएको छ ।
बुद्धले आन्तरिक उडानतर्फ पोखरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, विराटनगर, भद्रपुर र पोखरा विमानस्थलवाट भरतपुर र भैरहवा उडान गर्दै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया