बिहीबार, चैत १५, २०८०

सत्ता समीकरणका कारण कोरोनाभन्दा आत्महत्या भयावह

नेपालखोज २०७७ भदौ २७ गते १०:५७

द्रब्यको लालचमा रोग भोक भन्दा पनि बढी आसक्त सत्तापक्षकै कारण नेपालमा दिनानुदिन संक्रमण फैलिएको छ । त्यो भन्दा पनि बढी आम नागरिकका दैनिकी दयनीय अवस्थामा गुज्रिरहेको छ । अनि सत्ताका भोगीलाइ ठेक्का पट्टा, राजनीतिक नियुक्तिमा कमिसन असुल्न भ्याइनभ्याइ छ, सर्पको दुलोमा पुग्ने कोसिस राज्य आफैं गर्दैछ ।

नेपालमा कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन लगाइएपछि चार महिनाको अवधिमा २,२०० भन्दा बढी मानिसले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले साबित गरेको छ । कोरोना, बेरोजगार, चौपट व्यवसाय, दैनिक ज्यालादारीकै कारण धेरै मानिसमा मानसिक स्वास्थ्य समस्या देखिएको र आत्महत्या गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अहिलेको अवस्थामा राज्य संयन्त्र बेसार पोतेर प्रतिपक्ष र नेपाली जनताको आँखा छलेर बालुवाटारमा अरबौं कमिसन खाने तल्लिनमा छन् । कहिले टोकाहा सर्पको नाउँमा, कहिले किसानले प्रयोग गर्ने युरीया मलको नाउँमा त कहिले स्वास्थ्य सामाग्री खरीदमा । पार्टी कहिले फुट्छ भनेर नफुटाउने सर्तमा रकम कुम्ल्याएर चुनाव हारेका व्यक्तीलाई अरबौं उठाउने सर्तका नाउँमा मन्त्रालय जिम्मा लगाउने सहमतिको खेल रचेर फेरी नेपाली जनतालाई गुमराहमा राख्ने काम भइरहेको छ । तर, कोरोनाको भन्दा पनि भ्रष्टाचार र आत्महत्या दर बढेको अबस्थामा राज्य नै मूत्युदर बढाउन लागि परेको छ ।

कोरोना एक प्रकारको भाइरस हो भन्ने थाहा हुँदा पनि आत्महत्या रोक्ने प्रयासमा ‘अ’ सम्मको पनि उच्चारण गर्दैन सरकार अनि कहाँ र कहिले समस्या समाधान हुन्छ । दिनानुदिन संक्रमण फैलिएको खबर छ, जनताको घरमा भोकमरी छ प्रधानमन्त्रीले अब नेपाली जनता कोही पनि भोकले र खान नपाएर अकालमै मर्दैनन् भन्छन् । आत्महत्याको दर हेर्दा कोरोनाले भन्दा पनि कयौं गुणा बढि मानिसहरु मरीसके । राज्यसंयन्त्र आँखामा रेवन ग्लास, मुखमा एन्९५ माक्स, र कानमा आइफोनको इयरफोन लगाएर गीत सुन्दै टीकटक बनाउँदै छ ।

जनताले के आसगर्नु कोरोनाको नाउँमा अरबौ दोहन गर्ने सरकारको ? हिजो महेन्द्रनगर पश्चिम गड्डाचौकीमा स्वदेश फर्किदा निकै सास्ती भोगेका नेपालीहरू सुरक्षित होइन्छ भनेर आफ्नै भुमी फर्किए । तर, अहिले आफु यहाँ सुरक्षित होइन उतै पो ठीक रहेछ उतै प्राण त्याग गरौंला यहाँ नबसौ भन्दै फेरि हजारौ नेपालीहरू भारततिरै पलाएन हुँदैछन् । रोक्न सक्छ यो सरकारले ? हुतीहारा को पनि सीमा हुन्छ, जो नागरिक आफ्नै देशमा फर्केर काम गरौंला राज्यले हामीलाई सहयोग गर्ला भन्ने सोच राखेर आएका कति नेपालीहरू भारतमा शोषण भोग्न गए ।

बाँच्न पाउँने अधिकार हरेक नागरिकको हुन्छ, तर हामीकहाँ मर्न बिवस बनाउने काम राज्यले गरीबमाथि आफैं गराउँदै छ । यसको परिणाम विदेशमा बस्ने नेपालीहरुले सुरूवात गरेका छन् । प्रधानमन्त्रीप्रती आक्रान्त बनेका नेपालीहरूको आक्रोश व्यक्त गरेका तश्बिर र भिडियोहरुले प्रष्ट पारेका छन् ।

यदि नेपाल सरकारले कोरोना रोकथामका लागि गरेका प्रयासहरु जसरी असफल हँुदै गयो यसको परिणाम त आउँदा दिनमा अबस्य नै देखिनेछ । अझैं यो भन्दा पनि बढी र डरलाग्दो परिस्थिति आत्महत्या गर्नेको छ, यसलाई राज्यले रोकथामका उपायहरू न अपनाउने हो भने राज्यले पराजय भोग्नुपर्छ ।

प्रतिक्रिया