शुक्रबार, वैशाख १४, २०८१

शाकाहारी खाना खानुका फाइदाहरु

नेपालखोज २०७७ भदौ २८ गते ५:०३

१.शाकाहारी खानामा बोसो र चिल्लोपन नहुने हुँदा पचाउन सजिलो हुन्छ ।

२.शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व हुन्छन्, जुन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । त्यसका साथै भिटामिन, फाइबरजस्ता पदार्थ पनि पाइन्छ ।

३. मृगौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी मानिन्छ ।

४. शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसँग सम्बन्धित समस्या हुने सम्भावना कम हुन्छ । किनकि, यिनीहरूले कोलेस्ट्रोल बढ्न दिँदैनन् ।

५. उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ ।

६. शुद्ध शाकाहारी भोजन लिने व्यक्तिलाई मुटुरोगको सम्भावना कम हुन्छ ।

७. हरियो सागसब्जीमा भिटामिन ए प्रशस्त हुने हुँदा आँखा तेज बनाउछ, छाला स्वस्थ बनाउँछ, दाँत बलियो बनाउन मद्दत गर्छ ।

प्रतिक्रिया