खाली पेटमा खान नहुने खानेकुरा
१. दही
क्याल्सियम र प्राटिनले भरिपूर्ण दहीमा स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । दहीको सेवनले शरीरलाई ऊर्जा मिल्नुका साथै पाचनसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ । तर खाली पेटमा दहीको सेवन गर्नुले चाहिँ स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउन सक्छ ।
२ चिया वा कफी
कतिपयको बानी हुन्छ, उठ्नसाथ तात्तातो चिया वा कफी पिउने । बिहान फ्रेस हुनका लागि पनि चिया, कफी पिउने गरिन्छ । तर खाली पेटमा चिया वा कफीको सेवन भने शरीरको लागि घातक हुन सक्छ । यसको सेवनले शरीरमा एसिडिटीको समस्या बढ्नुका साथै पेट पोल्ने तथा अपचको समस्या निम्तिने गर्छ ।
३.मसलेदार खानेकुराको सेवन
त्यसै पनि पिरो एवं मसेलदार खानेकुराले पेटमा असर गर्छ । अझ खाली पेटमा यस्तो खानेकुरा खानु अरू घातक हुन सक्छ । मसलेदार खानाको सेवनले शरीरमा एसिडको स्तर बढ्ने गर्छ, जसले शरीरको पाचनतन्त्रलाई प्रभावित पारेर पेटमा ऐठन हुने तथा पेट दुख्ने गर्दछ ।
४. औषधि
जुनसुकै स्वास्थ्यसम्बन्धी समस्यामा पनि औषधि आवश्यक हुन्छ । तर खाली पेटमा यस्ता औषधिको सेवनले अल्सर निम्त्याउन सक्छ । खासगरी, खाली पेटमा औषधिको सेवन गरेमा पेटमा एसिडको स्तर बढ्ने गर्छ ।
५.आँप
अहिले आँपको सिजन छ । मौसमी फलफूल स्वास्थ्यका लागि राम्रो मानिन्छ । आँपलाई फलको राजासमेत भनिन्छ । यो स्वादिलो मात्र होइन, उत्तिकै पोषिलो फल पनि हो । त्यसो त आँपको पात, बोक्रा सबै औषधीय गुणले भरिपूर्ण मानिन्छ । आफैँ आफैँमा गुणी फल हो । तर आँप खाली पेटमा खानु उचित हुँदैन ।
६.केरा
केरा सदावहार फल हो । आइरन तथा पोटासियमले भरपूर केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा आइरनको कमी हुन पाउँदैन । तर खाली पेटमा केराको सेवनले भने स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ ।
७. लिची
स्वादिलो र पौष्टिकताले भरिपूर्ण फल हो लिची । लिचीमा पर्याप्त खनिज तत्व पाइन्छ । यसको प्रमुख पोषक तत्व भने कार्बोहाइड्रेट हो । कलेजो र कमलपित्तजस्ता रोगीका लागि लिची फलको सेवन लाभदायक हुन्छ । पाचन प्रणालीको विकार हटाउन समेत यसले मद्दत गर्छ । यति गुणी फल भए पनि यसलाई खाली पेटमा खानु हानिकारक हुन्छ । खाली पेटमा यसको सेवन गरेकै कारण बालबालिकाको मृत्यु भएको खबर पनि वर्षेनी आउने गर्छ ।
८. गोलभेडा
गोलभेडा भान्साको लागि अनिवार्य मानिन्छ । चाहे अचार खान होस् वा दाल–तरकारीमा राख्न, गोलभेडा चाहिन्छ । त्यसो त सलादको रूपमा काँचो खान पनि गोलभेडा उपयुक्त हुन्छ ।
प्रतिक्रिया