सिन्धुपाल्चोक पहिरो अपडेट : २८ जना बेपत्ता, ३ शव भेटिए
नेपालखोज
२०७७ भदौ २८ गते ९:४५
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोल तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् ।
२८ जना बेपत्ता भएका छन् । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया