नेप्सेको टिएमएसमा फेरी पनि समस्या, कारोबार रोकियो
काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा आइतवार पनि समस्या देखिएको छ । गत विहिवार समस्या समाधान गरी कारोबार सुचारु गरेको प्रणालीमा फेरी पनि समस्या दोहोरिएको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिए । अहिले समस्या समाधानका लागि पहल भैरहेकाले कारोबार रोक्का गरिएको उनको भनाई छ ।
आइतवार ११ बजेर २५ मिनेटपछि कारोबार रोक्का गरिएको हो । यस अवधिसम्म नेप्सेमा ७ करोड ८१ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्से यो अवधिसम्म ८ दशमलव १६ अंक बढेर १ हजार ५२८ दशमलव ८५ विन्दुमा पुगेको छ । उता, ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४२ अंक बढेर ३०२ दशमलव ७९ विन्दुमा पुगेको छ ।
२५ मिनेटको कारोबारमा सर्वाधिक कारोबार राष्ट्रिय बीमा कम्पनीको भएको छ । राष्ट्रिय बीमा कम्पनीको २ करोड ४ लाख ३० हजार बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया