शुक्रबार, वैशाख १२, २०८२

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त मर्जरमा जाँदै, नेप्सेले रोक्यो कारोबार

नेपालखोज २०७७ भदौ २८ गते १२:१९

काठमाडौं। वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था मर्जरमा जाने सम्झौता भएको छ । वोमी लघुवित्त वित्तीय संस्था नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेको छ भने ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था सूचीकृत रहेको छैन ।

वोमी लघुवित्तको भदौ २६ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबार्ट घ’ वर्गको इजाजत पाएको उक्त लघुवित्तलाई गाभ्ने गाभिने कार्यको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

वोमी लघुवित्त वित्तीय संस्था नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेको छ भने ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था सूचीकृत रहेको छैन । मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले वोमी लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।

नागरिक लघुवित्तलाई गाभेको वोमी लघुवित्तको चुक्ता पुँजी २७ करोड ७८ लाख छ भने ग्रामीण स्वयंसेवकको ४ करोड २० लाख रहेको छ ।

प्रतिक्रिया