नेपालमा आत्महत्याका घटना वृद्धि : दुई महिनामा देशभर १६ सय ८१ जनाले गरे अत्महत्या

नेपालखोज २०७७ भदौ २८ गते २०:२३

काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । साउन महिनामा मात्र देशभर ७ सय ९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गत चैतयता देशभर ३ हजार ४ सय १० जनाले आत्महत्या गरेका छन् । गत असारमा मात्र देशभर ९ सय ७२ जनाले आत्महत्या गरेका थिए । लकडाउन सुरु भएयता आत्महत्या गर्नेको संख्या बढिरहेको छ ।

प्रहरी तथ्यांकअनुसार साउन महिनामा मात्र काठमाडौं उपत्यकामा ५८, प्रदेश–१ मा एक सय ३०, प्रदेश–२ मा ६७, बागमती प्रदेशमा एक सय ६, गण्डकी प्रदेशमा ७२, प्रदेश–५ मा एक सय ५३, कर्णाली प्रदेशमा ४५ र सुदुर पश्चिम प्रदेशमा ७९ जनाले आत्महत्या गरेका छन् । ३ सय ९२ पुरुष, २ सय ३८ महिला, ४२ बालक र ३८ बालबालिकाले आत्महत्या गरेका छन् ।

चैतयताको तथ्यांक हेर्ने हो भने नेपालमा दैनिक औसत २३ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । आर्थिक वर्ष २०७६÷०७७ मा देशभर ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका थिए । यो दैनिक औसत १७ जना हुन आउँछ ।

प्रतिक्रिया