शुक्रबार, वैशाख १२, २०८२

सोमवार एक घण्टामा १०.४८ अंक माथि उक्लियो नेप्से, कारोबार रकम ६४ करोडभन्दा बढी

नेपालखोज २०७७ भदौ २९ गते १२:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १० दशमलव ४८ अंक बढेर १ हजार ५४७ दशमलव ७२ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन आइतवार १ हजार ५३७ दशमलव २५ विन्दुमा बन्द भएको बजार सोमवार १ हजार ५४५ दशमलव ६९ विन्दुबाट खुला भएको हो । एक घण्टाको अवधिमा बजार १ हजार ५५२ दशमलव ८० विन्दुसम्म पुगेको छ ।

१८० कम्पनीहरुको १० हजार २६१ पटकको व्यापारमा एक घण्टाको अवधिभित्र ६४ करोड ६३ लाख ६० हजार रूपैयाँ बराबरको १७ लाख ४९ हजार २९८ कित्ता शेयर कारोबार भएको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४ करोड ९ लाख ९० हजार बराबरको शेयर खरिद विक्री भएको छ ।

एक घण्टाको कारोबार अवधिमा अन्य समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव १५ प्रतिशत बढेको छ । त्यस्तै जीवन बीमा समूहको परिसूचक पनि १ दशमलव १ प्रतिशत बढेको छ । यस अवधिमा व्यापारिक समूह, होटल समूह, निर्जीवन बीमा समूह र लघुवित्त समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ ।

एक घण्टाको कारोबारमा अरुणभ्याली हाइड्रोपावरको १० प्रतिशतसम्म मूल्य बढेर कारोबार भएको छ भने रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य पनि ९ दशमलव ९६ प्रतिशत बढेर कारोबार भएको छ । सोमवारको एक घण्टाको कारोबार अवधिमा ठुला कम्पनीहरुको कारोबार मापसक सेन्सेटिभ इन्डेक्स १ दशमलव ८९ अंक बढेर ३०५ दशमलव ८५ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया