माउण्टेन इनर्जीले स्थगित गरेको आईपीओ भदौ ३१ गतेदेखि विक्री खुला गर्ने
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।
कम्पनीले यस अघि साउन ८ गतेदेखि विक्री खुला गर्ने तयारी गरेपनि त्यस क्षेत्रमा बाढी पहिरोको समस्याका कारण स्थगित गरेको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजनाबाट प्रभावित र अति प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि १९ करोड ६८ लाख २ हजार ७०० रूपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्य नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ । यो आईपीओमा छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गाउँपालिका वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन । त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हुन । यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री गरेपश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोहि रकम बराबरको आईपीओ विक्री गर्नेछ । कम्पनीले स्थनिय र सर्वसाधारणका लागि गरि कुल रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार २५ गते अनुमति पाएको हो । यो आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ ।
प्रतिक्रिया