०.७६ अंक घट्यो नेप्से , तीन घण्टामा १ अर्ब ३० करोडभन्दा बढीको शेयर किनबेच
काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टासम्म आईपुग्दा नेप्से परिसूचक शून्य दशमलव ७६ अंकले ओरालो लागेको छ । यो अवधिमा नेप्से परिसूचक १ हजार ५३९ दशमलव ७४ विन्दुमा झरेको हो ।
तीन घण्टामा १९० कम्पनीको २० हजार ७७१ पटकको कारोबारमा १ अर्ब ३० करोड ३२ लाख ३६ हजार बराबरको शेयर किनबेच भएको छ । यो अवधिसम्म सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीकै भएको छ । यस कम्पनीको ७ करोड ९८ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको हो । मंगलवार सर्वाधिक कमाउनेमा दिव्यश्वरी हाइड्रो रहेको छ भने गुमाउनेमा पञ्चकन्यामाई हाइड्रो रहेको छ । दिव्यश्वरी हाइड्रोको शेयरमूल्य यस अवधिमा १० प्रतिशतले बढेको छ भने पञ्चकन्यामाई हाइड्रोको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।
तीन घण्टाको कारोबारमा १२ समूहहरुमध्य जीवन बीमा , निर्जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी नौं समूहको घटेको छ । यो अवधिमा व्यापारिक समूहको परिसूचक सर्वाधिक १ दशमलव ६३ प्रतिशत घटेको हो ।
प्रतिक्रिया