७.५७ अंक बढ्यो बजार , तीन घण्टामा १ अर्ब १२ करोडभन्दा बढीको शेयर किनबेच
काठमाडौं । बुधवार तीन घण्टाको कारोबार अवधिसम्म शेयर बजार ७ दशमलव ५७ अंक बढेर १ हजार ५४३ दशमलव ६० विन्दुमा पुगेको छ । कारोबारको साढे २ घण्टासम्म बढ्ने र घट्ने क्रममा रहेको बजार त्यसपश्चात भने उकालो लागेको हो ।
अपरान्ह २ बजेसम्मको कारोबारमा १९२ कम्पनीको ४ लाख १८ हजार २४२ कित्ता शेयर १ अर्ब १२ करोड ८४ लाख २२ हजार रूपैयाँमा खरिद विक्री भएको छ । यो अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक ५ करोड ९७ लाख १८ हजार रूपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।
यो अवधिसम्म घलेम्दी हाइड्रो र बरुण हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य सर्वाधिक ३ दशमलव ७१ प्रतिशत घटेको छ । तीन घण्टाको कारोबार अवधिसम्म बैंकिङ र म्युचुअल फण्ड बाहेकका सबै समूहगत परिसूचक हरियो भएको छ । यस अवधिसम्म होटल समूहको परिसूचक सर्वाधिक ८ दशमलव ६१ प्रतिशत बढेको छ ।
प्रतिक्रिया