शनिबार, वैशाख १३, २०८२

चन्द्रागिरि केवलकारको ३८ वटै डिब्बा असोज १ गतेबाट संचालनमा

नेपालखोज २०७७ असोज १ गते ११:५१

काठमाडौं । ६ महिनाको लकडाउन पछि चन्द्रागिरि केवलकार असोज १ गतेबाट संचालनमा आएको छ । चन्द्रागिरि हिल्सका महाप्रवन्धक अभिषेक बिक्रम शाहले भन,े स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर केवलकार संचालनमा ल्याएको छौँ ।

शाहको अनुसार पचास प्रतिशत यात्रु मात्रै राखेर केवलकार संचालनमा ल्याएको हो । उनले भने, ‘हामीले एउटा गोन्डालामा चार जना यात्रु मात्रै राखेर केवलकार चलाइरहेका छौं’ । उनले सबै ३८ वटानै गोन्डोला (डिब्बा) चल्न थालेको जानकारी दिए । उनले भने यात्रुहरु केबलकार चल्न सुरु भएको बारे इन्क्वाइरी आइरहेको छ । उनले केवलकार टप स्टेशन नजिकै रहेको चन्द्रागिरि हिल्स रिर्सोट समेत खुलिसकेको जानकारी दिए ।

प्रतिक्रिया