शनिबार, वैशाख १३, २०८२

आशा लघुवित्त वित्तीय संस्थाले १५.७८९ लाभांश दिने

नेपालखोज २०७७ असोज १ गते १४:०७

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १५.७८९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने जनाएको छ ।

संस्थाले १५ प्रतिशत बोनस शेयर आक्षेरुपी ३ करोड ४८ लाख ४३ हजार २ सय र त्यसको कर तिर्नको लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले संस्थालाई अनुमति दिएर संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया