परिवार नियोजनका सेवाहरु ढुक्क भएर लिन आग्रह

नेपालखोज २०७७ असोज २ गते २०:०५

काठमाडौं । सरकारले कोरोना महामारीका बीच पनि परिवार नियोजनका सेवाहरु नियमित रहेकोले ढुक्क भएर सेवा लिन आग्रह गरेको छ ।

नेपालमा लकडाउन सुरु भएको चैत महिनामा केही ठाउँका सेवाहरुमा समस्या आएको भएपनि अहिले सबै स्वास्थ्य संस्थाबाट यस अघिका परिवार नियोजन सम्बन्धी सेवाहरु सुरु भएको परिवार कल्याण महाशाखाकी प्रमुख कविता अर्यालले जानकारी दिइन् ।

अहिले नेपालमा सरकारले परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरु निःशुल्क उपलब्ध गराइरहेको र कोरोनाको सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका साथ सेवा प्रवाह भइरहेको भन्दै सेवा लिन अर्यालले आग्रह गरेकी छन् ।

जनसङ्ख्या नियन्त्रणको उद्देश्यले सुरु भएको परिवार नियोजन सेवा अहिले महिलाहरुको प्रजनन अधिकारका रुपमा पनि स्थापित भएको भन्दै प्रमुख अर्यालले अनिच्छित गर्भधारण रोक्न परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया