शनिबार, वैशाख १३, २०८२

आइतवार वित्त कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण, एक घण्टामा ६४ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज ४ गते १२:२१

काठमाडौं । आइतवार शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण वित्त कम्पनीहरुको शेयरमा देखिएको छ । एक घण्टामा अघिल्लो कारोबार दिनभन्दा ८ दशमलव २८ अंक माथी उक्लिएको बजारमा वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव ४२ प्रतिशत बढेको छ । यस अवधिमा नेप्से परिसूचक १ हजार ५८० दशमलव ४६ विन्दुमा पुगेको हो ।

त्यस्तै ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ४२ अंक बढेर ३१४ दशमलव ९२ विन्दुमा पुगेको छ । एक घण्टामा १६७ कम्पनीको ६४ करोड १२ लाख ६२ हजार रूपैयाँ बराबरको २२ लाख ७२ हजार ५८ कित्ता शेयर खरिद विक्री भएको छ । एक घण्टामा सर्वाधिक कारोबार रिलायन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । रिलायन्सको यस अवधिमा ९ करोड ४६ लाख ९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस दिन यो अवधिसम्म चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आइतवार देखि कारोबार सुरु भएको लिवर्टी ईनर्जी सँगै सिभिल बैंक लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी र खानीखोला हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

प्रतिक्रिया